Sunday , September 19 2021
Breaking News
Home / जीवनशैली / पहिलो पटक आमा बन्ने महिलाले भूलेर पनि नखानुहोस् यी खाना, हुनसक्छ गर्भपतन

पहिलो पटक आमा बन्ने महिलाले भूलेर पनि नखानुहोस् यी खाना, हुनसक्छ गर्भपतन

काठमाडौँ । गर्भावस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा खानपानदेखी लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने संभावना हुन्छ । अझ पहिलो पटक आमा हुन लागेको महिलाले त यो बेला अन्य बेला भन्दा विशेष ध्यान दिनुपर्छ ।

यस्तो बेलामा फास्टफुड र फ्रोजन खानेकुरा खानुहुदैन। धेरै तातो पिरो, चिसो, बासी खाना खानुहुँदैन ।

बजारमा विभिन्न रङ हालेर बनार्ईएका खानेकुरा त झनै खानै हुँदैन । यसका अलावा केही खानेकुराहरु छन् जुन खानेकुराहरु त नखान नै चिकित्सकले सुझाएका छन् ।

१. हरियो आलू: हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ । जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ ।

२. भुईकटहर: भुईकटहरमा ब्रोमलिन हुन्छ । भुईंकटहरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन ।

३. जाँड र रक्सी रचुरोट: एक अनुसन्धानले भनेअनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भावना हुन्छ । रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ ।

४. बढी नुन: गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ । साथै शरीर पनि सुनिने गर्छ ।

५. घ्यू कुमारी: गर्भावस्थाको बेलामा घ्यू कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भावना हुन्छ । त्यसले यसको प्रयोग गर्नुहुँदैन ।

६. माछा: माछामा पारो धातुको मात्र उच्च हुन्छ । जुन सेवन गर्नाले आमा र बच्चा दुवैलाई असर गर्छ ।

७. अण्डा: अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।

तपाई गर्भवति भएपछि नियमित जाँच गराउनुपर्छ । त्यसक्रममा तपाईले आफ्नो शरीरलाई के कस्ता खानपान बर्जित हुन्छ भनेर पनि बुझ्न सक्नुहुन्छ। एजेन्सीको सहयोगमा

About admin

Check Also

साइतमा नराम्रो असर पार्ने ७ कुरा – जानकारीको लागी पढ्नुहोला

यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *