Sunday , August 1 2021
Breaking News
Home / समाचार / संक्रमणदर स्थिर, देशभर खुकुलो बनाइँदै निषेधाज्ञा

संक्रमणदर स्थिर, देशभर खुकुलो बनाइँदै निषेधाज्ञा

काठमाडौं– पछिल्लो दुई सातादेखि कोरोना संक्रमणदर करिब २० प्रतिशतकै हाराहारीमा स्थिर भए पनि सरकारले निषेधाज्ञा भने खुकुलो बनाउँदै लगेको छ । मंगलबारदेखि उपत्यकालगायत विभिन्न जिल्लामा सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले भने सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने गरी संक्रमणदर कम भएको देखाउँदैन । पछिल्लो २४ घन्टाको अवधिमा ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात् संक्रमणदर करिब २१ प्रतिशत छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले भने सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने गरी संक्रमणदर कम भएको देखाउँदैन । पछिल्लो २४ घन्टाको अवधिमा ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात् संक्रमणदर करिब २१ प्रतिशत छ ।

दुई सातायता संक्रमणदर स्थिर अर्थात् २० प्रतिशतको हाराहारीमा छ । संक्रमणदर नघटे पनि निषेधाज्ञामा लगाइएका बन्देजहरू भने घट्दै गएका छन् । विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा धेरै संक्रमणदरलाई जोखिमपूर्ण भनेको छ । उपत्यकामा संक्रमण फेरि बढ्न थालेको संकेत समेत देखिएको छ । उपत्यकामा सोमबार एक सातायताकै धेरै अर्थात् पाँच सय १४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार पनि उपत्यकाका तीनै जिल्लामा संक्रमण बढेको थियो ।

उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । २५ सिटभन्दा धेरै क्षमताका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी जोर–बिजोर प्रणालीमा ठूला बसहरू सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।

सपिङ मल तथा पसलहरू सातै दिन खोल्न पाइने भएको छ । खाद्य पसल पनि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । विवाह तथा व्रतबन्धमा १५ जनासम्म सहभागी हुन सक्ने र ब्यानर टाँसेर दुईवटासम्म गाडी प्रयोग गर्न पाइने नियम लागू गरिएको छ ।

निजी सवारीमा जोर–प्रणाली कायमै राखिएको छ । होटेल तथा रेस्टुरेन्टले होम डेलिभरी तथा टेक–अवे सेवा मात्र दिन पाउनेछन् । उपत्यकाबाहिरका कतिपय जिल्लाले पनि सार्वजनिक यातायात तथा बजार खुलाउने निर्णय गरेका छन् । पछिल्लो एक सातामा संक्रमणदर घटेकाले थप व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका सिडिओ पराजुलीले बताए । ‘संक्रमण फेरि बढ्न थाल्यो भने हामी कडाइ गर्न बाध्य हुन्छौँ,’ उनले भने, ‘परिस्थितिअनुसार निर्णय हुन्छ ।’

उपत्यकामा एक सातामा तीन हजार संक्रमित थपिए, ४७ को मृत्यु

काठमाडौं, ललितपुर र भक्तपुरमा पछिल्लो सात दिनमा दुई हजार नौ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ । उपत्यकामा सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ ।

गत मंगलबार नौ हजार तीन सय ४२ सक्रिय संक्रमित रहेकोमा सोमबार यो संख्या आठ हजार तीन सय ९७ मा झरेको छ । संक्रमणबाट उपत्यकामा अहिलेसम्म दुई हजार सात सय ७५ जनाले ज्यान गुमाइसकेका छन् । नयाँ पत्रिका दैनिकबाट

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *