Monday , August 2 2021
Breaking News
Home / राजनीति / सर्वाेच्चकाे निर्णय नआउँदै केपी तर्सेर बाेलाए आकस्मिक बैठक : देउवाले पनि वाेलाए वैठक : अब के हुन्छ ?

सर्वाेच्चकाे निर्णय नआउँदै केपी तर्सेर बाेलाए आकस्मिक बैठक : देउवाले पनि वाेलाए वैठक : अब के हुन्छ ?

प्रतिनिधी सभा विघटन विरुद्द सर्वेच्चमा चलिरहेकाे वहस अन्तिम चरणमा पुगेकाे वेला सत्ता पक्ष र प्रतिपक्ष दुवैकाे दाैडधुप चलेकाे छ । सत्तापक्ष तर्फ नेकपा एमालेका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा वली समुह र राजपाकाे महन्त ठाकुर पक्ष छ भने  र प्रतिपक्ष वा विपक्षी गठबन्धन तर्फ  पाँच दल र एमालेकै माधव खनाल पक्ष रहेका छन ।

यति वेला सर्वाेच्च बाट कसकाे पक्षमा फैशला हाेला भन्ने खुलदुली सबैकाे मनमा छ तर केपी शर्मा वलीले पहिलाे पटक गरेकाे संविधान सभा विघटन सर्वाेच्चले बदर गरेकाे कारण अहिले पनि धेरैकाे बुझाइ प्रतिनिधी सभा पुनःस्थापना हुन्छ भन्ने छ । प्रधानमन्त्रीले बार बार सर्वाेच्च प्रति नकारात्मक टिकाटिप्पनी गरेकाे कारण पनि प्रतिनिधी सभा पुनःस्थापना हुन्छ भन्ने स्वयम प्रधानमन्त्रीलाइ समेत  आशंका छ ।

यसकै पेरिफेरिमा रहेर सत्तापक्ष र प्रतिपक्षले विभिन्न भेला, वैठक र छलफल जारी राखेका छन भने दुबै पक्ष आफु सही भन्ने धारणा छ । दलहरु के गर्दैछन त नेकपा एमाले केपी समुह र काङ्ग्रेषले किन वाेलायाे त वैठक पुरा पढ्नुस ।

एमालेले बोलायो दसौं महाधिवेशन आयोजक कमिटी बैठक

असार १३, २०७८, काठमाडौँ — नेकपा एमालेले दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उनले बताए । महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको ज्ञवालीको भनाइ छ ।

फ्लोर क्रस गरेको भन्दै एमालेले उनीहरूलाई सांसद र पार्टीबाट कारबाही गरेको थियो । तर, जेठ २७ गते अदालतले अन्तरिम आदेशमार्फत चार प्रदेश सांसदलाई पुनर्बहाली गरेको थियो ।

साथै बैठकमा पछिल्लो राजनीतिक स्थिति, प्राकृतिक प्रकोप र कोभिडका बारेमा छलफल भएको थियो ।

सांसदका कानुन व्यवसायीको समय विभाजनबारे प्रधानन्यायाधीशले भने- यो त जिस्क्याएजस्तो भयो ।

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ कानुन व्यवसायीको सुनुवाइको आइतबार अन्तिम दिन हो । असार ९ गतेदेखि सुरुवाति बहस गरेका सांसदका कानुन व्यवसायीहरूले आइतबार २ घण्टा ३५ मिनेट बहस गरेपछि समय सकिनेछ ।

संवैधानिक इजलासले रिट निवेदक र विपक्षीका लागि बहसको समय १५-१५ घण्टा छुट्याएको थियो । रिट निवेदकका लागि सुरुवाती बहस गर्न १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा छुट्याइएको थियो ।

रिट निवेदकका पक्षमा बहस गर्न २ सय ५० भन्दा बढी कानुन व्यवसायीले नाम लेखाएका थिए । उनीहरूमध्ये बढीभन्दा बढीलाई बहसका लागि कानुन व्यवसायीले समय विभाजन गरेका छन् । त्यसमा ५ मिनेटदेखि साढे १ घण्टासम्म समय विभाजन गरिएको थियो ।

About admin

Check Also

राष्ट्रपतिको ’भद्दा व्यवहार’

‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *