Sunday , August 1 2021
Breaking News
Home / समाचार / भान्जालाई सार्बजनिक गर भन्दै हजारौ चितवनबासीले सबिताको घर घेरे

भान्जालाई सार्बजनिक गर भन्दै हजारौ चितवनबासीले सबिताको घर घेरे

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच घटना भएको दिन सबिता भण्डारीको घरमा भएका भान्जालाई घटना भएको दिनको बयान दिन सम्बन्धित निकायमा जानु पर्ने चितवनबासिले आवाज उठाउदै आएका छन । भान्जालाई सार्बजनिक गर्न दवाब दिन चितवनबासी तथा महिला अधिकारकर्मीहरु सबिता भण्डारीको घरमा गएर नाराबाजी समेत गरेका छन।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *