Sunday , September 19 2021
Breaking News
Home / समाचार / बिरामी बोक्न अटो’लाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

बिरामी बोक्न अटो’लाई ‘एम्बुलेन्स’ बनाएका हज्जु भन्छन्- आशिर्वाद नै कमाइभन्दा ठूलो

२७ वर्षका हज्जु अ’लीको सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै मोबाइल पसल छ।

त्यतिमात्र होइन उनले अटो रिक्सा किनेर भाडामा चलाउन दिएका छन्।

कोरोना महामारीको दोस्रो लहरपछि वैशाख १४ देखि सुर्खेत प्रशासनले निषेधाज्ञा जारी गर्‍यो, यता उ’नको पसल बन्द भयो। मान्छे घरभित्रै बस्न थालेपछि अटो रिक्सा चल्ने कुरै भएन।

हज्जु लकडाउनको केहीपछि चिनजानका एक बिरामीका आफन्तलाई पुर्‍याउन अटोरिक्सा लिएर कर्णाली प्रदेश अस्प’ताल पुगेका थिए।

केहीबेर रोकिए। उनले अस्पतालबाट घर हिँडेका र अस्पताल पुर्‍याउन बिरामी र उनीहरूका आफन्तले अटो रिक्सालाई पैसा तिरेको देखे। बिरामी र बिरामीका आफन्तले रिक्साचालकसँग बार्गेनिङ गरेको दृष्यले उनको मन खायो। कतिको त खल्तीमै रिक्साले मागेज’ति पैसा पनि हुन्नथ्यो। उनीहरू मायालाग्दो गरी चालकलाई हेर्थे।

कोभिड-१९ को संक्रमण फैलिरहेका बेला सं’क्रमितलाई अस्पताल लैजान पहिलेजस्तो सार्वजनिक सवारी साधन पाइँदैनन्।

मुस्किलले पाउने भनेको एम्बुलेन्स हो। नि’जी एम्बुलेन्समा तिरिनसक्नु भाडा हुन्छ। नि:शुल्क सञ्चालन गरिएका सरकारी एम्बुलेन्समा सबैको पहुँच पुग्दैन।

सुर्खेतमा अहिले जताततै सहज रूपमा उपलब्ध हुने सवारी साधन भनेको अटोरिक्सा हो। निषेधाज्ञाका बेला प्रशस्तै नपाए पनि बिरामीका लागि आवश्यक परिहाले गुहार्न मिल्ने अटो हुन्। कति’पय अटोरिक्सा चालक त डरले बिरामी बोक्नै मान्दैनन्। बोकिहाले भने पनि मूल्य चर्को लिन्छन्।

मान्छे हेरेर २/३ किलोमिटर मात्र हिँडालेको ६/७ सय रुपैयाँ अटोरिक्सावालाले लिएको देखियो,’ हज्जुले भने, ‘सक्नेले त जति भने पनि तिरेर अटोमा आउने जाने गरे। गोजी’मा दुई/तीन सयमात्र बोकेर अस्पताल गएको मान्छे त कति निरिह हुने। उसको लागि केही विकल्प पनि थिएन।’

त्यसपछि उनले मनमनै सोचे- आफ्नै रिक्सा अघिप’छिकै मूल्यमा चलाउँछु बिरामी र आफन्तका लागि।

‘अस्पताल परिसरमा एकछिन बसेर हेरेपछि मैले अटोलाई चाहिने तेल खर्चमात्र उठ्ने गरी अटोमा कोभिडका बिरामी बोक्ने सोच बनाएँ,’ उनले भने।

हज्जुले आफ्नो अटोमा अस्पताल जाने वा अस्पतालबाट घर जाने मानिससँग पैसा नभए नि:शुल्कै सेवा दिन्छन्।

‘तेल खर्चमात्र उठाउने गरेका छौं, आर्थिक स्थिति ना’जुक भएर हामी पैसा नै दिन सक्दैनौं भन्नेहरूलाई त नि:शुल्क पनि सेवा दिएकका छौं। त्यस्तो मानिसलाई उल्टै खाना–खाजा किनेर खुवाउँछौं,’ उनले भने।

मान्छेको सामाजिक दायित्व र मानवीयता हुनुपर्छ भन्ने उनलाई लाग्छ। अबरमा परेका मानिसबाट नाफा लिन खोज्नु पाप भएको उनले बताए।

यस्तो बेला हरेक व्यक्तिको सामा’जिक दायित्व हुन्छ नि। त्यही सम्झिएर आफूले सकेको काम गर्ने हो,’ उनले भने।

हज्जु भने आफ्नो अटो रिक्सामा भनेकै बेला बिरामी बोक्न तयार हुन्छन्। सस्तो मूल्यमा अस्पताल–घर, घर–अस्पताल पुर्‍याई दिने उनी फोन गर्नेबित्तिकै सेवा गर्न तयार हुन्छन्।

केही समयअघि सुर्खेतको एक अस्पता’लले एकजना वृद्ध महिलालाई कोभिड अस्पतालबाट डिस्चार्ज गर्‍यो। उनीहरू श्रीमान–श्रीमतीमात्र थिए। सहायता गर्ने अरू कोही नभएपछि एम्बुलेन्स जोहो गर्ने उपाय भएन।

सुर्खेतमा सामाजिक कार्यमा संलग्न भए’का युवाहरूले उनै हज्जुलाई फोन गरेर घरसम्म पुर्‍याइदिन लगाए। बेलुका ६ बजे उनीहरूलाई घर पुर्‍याउन गएका हज्जु राति १२ बजेमात्र घर आएर खाना खाए।

आफ्नो अटो रिक्सालाई महामारीको बेला एम्बुलेन्सको रूप,मा सञ्चालन गरेयता उनले यस्ता थुप्रै दिन आफूलाई अबेरसम्म व्यस्त राख्नु परेको छ।

महामारीलाई लक्षित गरी उनले आफ्नो अटोरिक्सालाई ‘अटो एम्बुलेन्स’का रूपमा सञ्चालन गरिरहेका छन्।

उनले सुरूमा सामाजिक कार्य गरिरहेका केही युवासँग यो विषयमा कुरा राखेका थिए। उनीहरूले पनि थप प्रेरणा दिएपछि हज्जुले आफूसँग भएको अटोलाई कोभिडका बिरामी बोक्ने एम्बुलेन्स बनाएका हुन्।

उनले भाडामा दिएको अटोलाई पनि एम्बुलेन्सका रूप’मा चलाउन भनेका थिए। तर भाडामा लिएका व्यक्तिले डराएर चलाउन मानेनन्। त्यसपछि हज्जुले आफैं यो काम गरेका हुन्।

‘पहिलेको भन्दा कोरोनाको अहिलेको भेरियन्ट खतरा छ, त्यसले गर्दा मान्छेहरू बढी डराइरहेका छन्। फेरि यहीबे’ला मानिसलाई अस्पताल पनि गइरहनु परेको छ,’ उनी भन्छन्, ‘एक त कोरोनाको मर्का धेरैलाई परेको छ, त्यसैमाथि सवारीसाधनले मनपरी पैसा लिँदा झन् मर्का पर्छ।’

उनी आफूले अटोरिक्सामा बिरामी बोक्दा पटक्कै डराएनन्। बरू वरपरका मानिस डराए। पिपिई लगाएर अटोरिक्सा चलाउन थाले’पछि उनीदेखि नजिकका मानिस डराउँछन्। जुन स्वभाविकै पनि हो भन्ने उनलाई लाग्छ।

हज्जुलाई बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि फोन आइरहन्छ। हज्जुले आफ्नो एम्बुलेन्सका रूपमा अटोलाई सञ्चा’लन गरेयता १०० भन्दा धेरै कोभिडका बिरामी र उनीहरूका आफन्तलाई बोकेका छन्।

वीरेन्द्रनगर उपत्यकाबाहिर बोटेचौर, छिन्चु, गर्पनलगायत ठाउँबाट अटोमा बिरामी बोकेको उनले बताए।

यस क्रममा कतिपयले दिएका आर्शिवाद पनि आफूलाई कमा”इसरह लाग्ने उनी बताउँछन्।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *