Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / भ्वाइसमा ‘राई ईज किङ’ राजेश पायल राईको ईन्ट्री, नयाँ जजको ईन्ट्रीले यस्तो देखियो भ्वाइसको माहोल

भ्वाइसमा ‘राई ईज किङ’ राजेश पायल राईको ईन्ट्री, नयाँ जजको ईन्ट्रीले यस्तो देखियो भ्वाइसको माहोल

लकडाउनको विभिन्न समस्याहरु र को’रोनाका कारणले कोच र प्रतिस्पर्धीहरुमा पर्न गएको असरका कारण नेपालकै चर्चित रियालिटी शो भ्वाईस अफ नेपाल ३ दुई साता प्रशारण बन्द भएपछी पुन संचालनमा आयो तर ब्याटल राउन्ड सम्म निस्फिक्री चलिरहेको भ्वाईसलाई पछिल्लो समय जसोतसो भएपनी अघि बढाईरहनु परेको छ ।

केही कोच र प्रतिस्पर्धीमा पोजेटिभ देखिएपछी प्रभावमा परेको भ्वाइसका सबै टिमलाई अहिले नेगेटिभ भैसकेपनी प्रमुख कोच दिप श्रेष्ठलाई भने यसले अझै असर पारिरहेको छ । अघिल्लो साता र यो सातापनी अडियो सन्देश दिएका कोच दिपमा केही असहजता भएको अझै देख्न सकिन्छ । यसै कारणले भ्वाईसले यो साता कोच दिपलाई पुन स्टेजमा ल्याउने बाचा गरेपनी स्वस्थ्यका बाबजुद ल्याउन सकेनन् । कोच दिप श्रेष्ठलाई शिघ्र स्वास्थ लाभको कामना ।

त्यसैले भ्वाइसले नकआउट राउन्डको प्रशारणलाई निरन्तरता दिन कोच दिपको स्थानमा स्ट्यान्डबाई कोचको रुपमा ‘राई इज किङ’ यानिकी राजेश पायल राईलाई भित्र्याएको छ । राजेश पायल राई नेपाली संगीत क्षेत्रको बहुचर्चित र लोकप्रिय नाम हो । आधुनिक, लोक, पप सबै खालका गीत, अनेकौं भाषामा गीत गाएर सबैको मन जित्न सफल राजेशलाई ‘राई इज किङ्ग’को नामले पनि चर्चित छन् । राजेश नेपालमा भन्दा बढी विदेशका मञ्चहरुमा देखिने गर्छन् ।

हिजो भएको नकआउटमा कोच प्रमोद र कोच प्रमोदको ब्याटल भएको थियो । त्यसैले उनले निर्णायक जज भने गर्नुपरेन तर अन्य कोचहरुको प्रतिस्पर्धीहरु कसैलाई पनि चित्त दुखाउन चाहेनन् । ठट्टा गर्दै राजेशले भने ‘मान्छेहरु कुर्सी भनेपछी त्यसै लड्दा रैन्छन, लडाउदा रैन्छन, यो कुर्सीमा बसेर आनन्द लाग्यो । यो भन्दा बढी आनन्द अब कन्टेन्स्टेटहरुबाट लिन्छु होला।’ कोच राजुले धेरै बर्ष अघिदेखिको दोस्तीलाई सम्झिए । राजेशको आगमनले अरु कोचहरुपनी उत्साहित देखिन्थे । सबै कोचहरुले दिपको शिघ्र स्वस्थ्य लाभको कामना गरे ।

२० भाषाका गीत गाइसकेका राजेशले लगभग ८ हजार गीत गाएका छन् । उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन् । यसका साथै चलचित्रहरु दैव संजोग, दौतरी,परेनि माया जालैमा, सीमाला तथा गुण्डाराजमा अभिनय पनि गरेका छन् । धेरै गीत गाईसकेका राजेशलाई फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरुले निकै चर्चित बनायो । हेर्नुस् भिडियो ।

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *