Sunday , September 26 2021
Breaking News
Home / समाचार / Breaking: नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

Breaking: नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

काठमाडौं । सरकारले पछिल्लो पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १४ हजार ३५१ परीक्षण गर्दा २ हजार ४७६जनामा कोरोना पोजेटिभ देखिएको हो ।

९ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जनामा र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार काठमाडौंमा ३०८, मोरङमा ९७, सुनसरीमा ९४, ललितपुरका ७६, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४, भक्तपुरमा ४३, मकवानपुरमा ४०, चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९, पर्वतमा २५, रुपन्देही र कैलालीमा २३÷२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *