Saturday , September 25 2021
Breaking News
Home / समाचार / आज भारी वर्षासँगै बाढी र पहिरोको जो खिम, स तर्क रहन अ नुरोध

आज भारी वर्षासँगै बाढी र पहिरोको जो खिम, स तर्क रहन अ नुरोध

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र च ट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू(भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकां श भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यसैगरी आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

भने, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *