Sunday , August 1 2021
Breaking News
Home / समाचार / को’रोनालाई जित्दै नेपाल, निको हुने दर ९०.७ प्रतिशत

को’रोनालाई जित्दै नेपाल, निको हुने दर ९०.७ प्रतिशत

पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा को’रोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको को’रोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमु’क्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ ।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गु’माएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृ’त्यु भइसकेको छ । नेपालमा को-भि’ड–१९ बाट मृ’त्यु दर १.५ प्रतिशत रहेको छ ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *