Sunday , September 26 2021
Breaking News
Home / प्रमुख समाचार / पत्रकारले लाइभमा समाचार पढ्दा पढ्दै बिच्चैमा टिभी मालिकलाई भनेः हामीले पनि बाँच्नुपर्छ, खुरुक्क तलब देऊ (भिडियो हेर्नुस्)

पत्रकारले लाइभमा समाचार पढ्दा पढ्दै बिच्चैमा टिभी मालिकलाई भनेः हामीले पनि बाँच्नुपर्छ, खुरुक्क तलब देऊ (भिडियो हेर्नुस्)

एजेन्सी । प्राय पत्रकारहरु आफ्नो समाचार संस्थाप्रति उत्तरदायी हुने नाममा आफुलाई परेको समस्या पनि खुलेर भन्न सक्दैनन् । तर एक जना पत्रकारले भने टेलिभिजन लाइभमै समयमा तलब नदिएको कुरा सार्वजनिक गरिदिएपछि तरंग उत्पन्न भएको छ । अफ्रिकी राष्ट्र जाम्बियाका एक समाचार प्रस्तोताले लाइभ टेलिभिजन कार्यक्रममै तलब नपाएको भन्दै संस्थाका मालिकसंग तत्लका तलब उपलब्ध गराउन माग समेत गरेका छन् ।

उनले समाचारको प्रमुख शीर्षकका बारेमा सामान्य रुपमै जानकारी दिइसकेपछि एकछिन आफ्नो टेलिभिजन प्रशासनको बारेमा आ क्रा मक भएर कुराकानी गरेका थिए।

उनले शनिबार राति टेलिभिजन लाइभमै केबीएन टेलिभिजनले आफू लगायतका अन्य पत्रकार तथा कर्मचारीलाई तलब नदिएको भन्दै चाँडै तलब दिन मालिकसँग आग्रह गरेका हुन्।

पत्रकार तथा समाचार प्रस्तोता काबिन्दा कालिमिनाले प्रमुख शीर्षकहरु पढेपछि क्यामेरामा हेर्दै भनेका छन्,‘समाचार भन्दा पर गएर भन्नुपर्दा महिला तथा सज्जनवृन्द हामी पनि मानव हो। हामीले बाँच्न तलब पाउनुपर्छ। तलब नपाएका सबैलाई तलब दिइनुपर्छ।’

उनले तलब दिनुपर्छ भन्दाभन्दै टेलिभिजनको प्रसारण रोकेर समाचारको ट्रेलर बजाइएको थियो। यो घटनालाई टेलिभिजनले काबिन्दाले चर्चा कमाउन गलत हर्कत गरेको प्रतिक्रिया जनाएको छ।

उनले आफ्नो फेसबुकमा आफूले तलब पाउनु अधिकार भएको बताउँदै सबै मालिकसँग बोल्न डराएकाले सबैको माग उठाएको बताएका छन्।  हाल यस घटनाको भिडिओ निकै भाइरल भइरहेको छ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *