Friday , September 24 2021
Breaking News
Home / प्रमुख समाचार / निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँबासीका लागि आयो अर्को दुखद खबर

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँबासीका लागि आयो अर्को दुखद खबर

गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभैm यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो ।

त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।मेलम्चीलाई बाढीले हाने पनि अब काठमाडौँमा पठाइएको पानी लामो समयसम्म पठाउन नसकिने आयोजनाले जनाएको छ । कम्तिमा पनि दशैँसम्म काठमाडौँमा पानी पठाउन नसकिने आयोजनाले जनाएको छ ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *