Friday , September 24 2021
Breaking News
Home / समाचार / मेलम्चीका बाढी प्रभावित गाउँमा जेनेरेटर सहयोगपछि मोबाइल चार्ज गर्नेको भिड !

मेलम्चीका बाढी प्रभावित गाउँमा जेनेरेटर सहयोगपछि मोबाइल चार्ज गर्नेको भिड !

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई प्रयोग गर्न जेनेरेटर उपलब्ध भएको छ। १० थान जेनेरेटर उपलब्ध गराइएको हो। बाढी पीडितका लागि स्पेनिस नागरिक आना रूइज, स्पेनिस कम्पनी रामटोर र मेलम्ची खानेपानी आयो जनासँग आवद्ध संस्था सोलुसियोनिस इन्टिग्रालेस विफोरको सहयोगमा जेनेरेटर उपलब्ध भएको हो।

जेनेरेटर र पेट्रोल लगायत सामग्री उपलब्ध भएको छ। तालामाराङ, ग्याल्थुम, प्रहरी चौकी शेरा, चनौटे, पाल्चोक शेरा, गणेश बजार, किउल र थापाटारमा उक्त जेनेरेटर वितरण गरिएको हो । मेलम्चीका स्थानीय रोमन कार्की, पत्रकार आदित्य दाहाल लगायतको पहलमा उक्त सामग्री उपलब्ध भएको छ। गत असार १ गते मेलम्चीमा आएको बाढीले जनधनको क्षति पुर्‍याएको थियो।

विद्युत अवरूद्ध भएका क्षेत्रमा प्रयोग गर्न जेनेरेटर दिइएको हो । स्थानीय बाल कृष्ण देउजाले जेनेरेटर उपलब्ध भएपछि मोबाइल चार्ज गर्न पाइएको बताए । जेनेरेटर प्रयोगमा आउन थाले पछि मोबाइल चार्ज गर्नेको भिड छ । सुन्दर पर्यटकीय गाउँ हेलम्बु मेलम्ची बाढीले क्ष’तविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *