Monday , September 27 2021
Breaking News
Home / समाचार / आमाकै कारण आज आफु सफल नायिका र जिवनमा बदलाव आएको अभिनेत्री प्रियंका चोपडा खुलासा

आमाकै कारण आज आफु सफल नायिका र जिवनमा बदलाव आएको अभिनेत्री प्रियंका चोपडा खुलासा

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा चर्चामा आईरहन्छिन् । उनी आफ्नो पर्सनल होस् या प्रोफेश्नल जुनसुकै लाईफको कुराहरु शेयर गर्न पछि पर्दिनन् ।

उनी आफ्नो दिवंगत बुवा अशोक चोपडाको यादलाई आफ्नो इन्ष्टाग्राममा पोष्ट गरिरहन्छिन् । उनले आफ्नी आमा संगको बन्डिङ पनि शेयर गरिनै रहेकी हुन्छिन् । हिन्दुस्तान टाईम्सलाई दिएको एक अन्र्तबार्तामा अभिनेत्री प्रियंकाले आफ्नो आमाको सल्लाहले नै उनको ब्यवसायिक जिवनमा बदलाव आएको बताएकी छिन् ।

उनको आमाले बताएकी थिईन् कि जब तिमी ३० बर्षको हुन्छौ तब तिम्रो करियर नै हुन सक्दैन । यो सल्लाह पछि उनले २०१५ मा आफ्नै प्रोडक्शन हाउस पर्पल पिक्चर्स सुरु गर्नको लागि प्रेरित गरेको थियो । उनले बलिउडमा कदम राख्दाको समयलाई संझदै भनिन्– जब मैले फिल्म इण्डस्ट्रि प्रबेश गरे ठुला ठुला स्टार संग काम गर्ने मौका मिल्यो जबकी उनीहरु फिल्म उद्योगका सफल ब्यक्ति थिए ।

उनले लेखन, निर्देशन, प्रोडक्शन तथा अभिनयको लाईनमा ब्यक्ति यस्तो ढोकाहरु बाट हिड्नुपर्छ जसका लागि लामो समय लाग्ने बताईन् । प्रियंकाको आमाको अद्भृुत सल्लाह अनुसार उनलाई फिल्म इण्डस्ट्रिमा अघि बढ्न सहयोग मिलेको उनको बुझाई छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *