Sunday , August 1 2021
Breaking News
Home / मनोरंजन / जादुमय स्वरले चर्चामा आएका “किरण गजमेर, यति कष्टकर थियो बाल्यकाल ।

जादुमय स्वरले चर्चामा आएका “किरण गजमेर, यति कष्टकर थियो बाल्यकाल ।

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-३’ मा चर्चामा आएका प्रतिस्पर्धी हुन् किरण गजमेर । ब्लाईण्ड अडिसनमा ‘देखेर तिमिलाई हेरेर तिमिलाई’ गित गायपछी एकाएक चर्चामा आए । ब्लाईण्ड अडिसनबाट नै धेरै दर्शकको मन जित्न सफल किरणको भेट ब्याटल राउन्डमा सुरक्षा सेन्चुरी संग भयो ।

ब्याटलमा ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गायर दमदार प्रस्तुति दिएका यो जोडीको चर्चा झनै चुलियो । किरणलाई अहिले फाईनलसम्म पुग्ने प्रतिस्पर्धीको रुपमा हेरिन्छ । उनै किरण गजमेरका कतिपय कुराहरु धेरैलाई थाहा नहुन सक्छ । धेरैलाई उनको ब्यक्तिगत जीवन र परिवारको बिषयमा जान्न चाहना भएको हुनसक्छ । आज हामी यसै बिषयमा चर्चा गर्नेछौ । सबैभन्दा पहिले उनको पारिवारिक पृष्ठभुमिबाट सुरु गरौ ।

किरणका पुर्खाहरु पहिले कामको शिलशिलामा नेपालबाट भुटान गएका थिए । पछि उतै बसोबास गर्न थाले । उनले दिएको एक अन्तरबार्ताका अनुसार भुटानमा नै बस्ने उनका पुर्खाहरुलाई धेरै बर्ष पहिले भुटानमा जबर्जस्ति धर्म लाद्ने काम गरियो । कतिपय नमान्नेलाई मारिदिने, छोरी चेली बलात्कार गर्ने जस्ता अत्याचार पनि बढ्न थाल्यो । भुटान सरकारले पनि देश निकाला गरेपछि उनीहरु नेपाल छिरे । त्यसपछि झापाको सरणार्थी शिबिरमा बस्न थाले ।

किरणको जन्म पनि त्यही शरणार्थी शिबिरमा नै भएको थियो ।उनको बाल्यकाल निकै नै कष्टकर रहेको थियो यति सम्म कि पानी पर्दा घरभित्र चुहिन्थ्यो । हावाहुरी आउदा घरको खाबो, छाना समाएर बस्नु पर्थ्यो । उनी भन्छन् ‘राती ओछ्यानमा नै पानी चुहिन्थ्यो तर निन्द्राका कारण आँखा नखुलेर यत्तिकै सुतिन्थ्यो ।’

झापाको सरणार्थी शिबिरमा नै जन्मिएका किरण अहिले अमेरिका बस्छन् । उनी अमेरिका पुगेको पनि पन्ध्र बर्ष भैसक्यो । झापाको शरणार्थी शिबिरमा निकै कस्टकर तरिकाले जीवन गुजारा चलाईरहेका ऊनीहरुलाई अमेरिकी सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप आफ्नो देशमा बसोबास गर्न लैजाने निर्णय गरे । र धेरैलाई लग्यो पनि कतिपय त अझै झापा लगायत विभिन्न स्थानमा छन् ।

आफ्नो जन्मथलो, बाल्यकालको अबिस्मरणिय पल भएका कारण उनी झापालाई बिर्सन सक्दैनन् । अमेरिका बसोबास गर्दै आएका किरणले यो भन्दा अगाडी नै हिन्दी तथा नेपाली थुप्रै गितहरु गायका छन् । साथै केही गीतम संगीत पनि दिएका छन् । कति गीतहरु त धेरैहरु त निकै हिट भए जसमध्ये गाई चरनैमा, ठुली ठुली, मै बनुला माली हुन् ।

स-परिवार सहीत अमेरीकामा बस्दै आएका किरण अहिले भ्वाईसको लागि नेपालमा नै छन् । धेरै गीत गाईसकेका किरणको नाम कमैले मात्र सुनेका थिए तर भ्वाईसमा ईन्ट्री गरेपछी उनको गित तथा स्वरले नेपाली संगीतप्रेमी माझ निकै राम्रो छाप छोड्न सफल भयो । जसका कारण उनलाई धेरैले राम्रो संग चिन्न सके ।

नेपाली गीत संगीतलाई निकै माया गर्ने किरण सानो उमेरमा पनि गीत गाउथे, स्टेज प्रस्तुति दिन्थे, राम्रै प्रशम्शा पनी पाउथे । बाल्यकालमा नै अमेरिका पुगे पनि यसलाई निरन्तरता दिन भने छोडेनन । उनले धेरै हिट नेपाली गीतहरु पनि निकाले तर उनलाई कमैले मात्र चिन्थे । त्यसैले उनी एउटा राम्रो प्लेटफर्मको खोजिमा थिए, जसले आफुलाई चिनाउन सकोस । अन्तत भ्वाईस अफ नेपाल उनको लागि लक्की साबित बन्यो । कोच प्रमोदको टिममा रहेका किरणलाई उपाधी दाबेदारको रुपमा पनि हेर्ने गरिन्छ । भोटिङ खुल्ला भएपछी भोटको आधारमा नै बिजेता घोषित गरिन्छ । तरपनी अब जहाँ गएर भ्वाईसको यात्रा टुंगिए पनि किरणले आफ्नो क्षमतालाई चिनाउन सफल भैसकेका छन् ।

About admin

Check Also

आहा ! दमाई केटासग बाहुनि केटिको यसरी भयो बिवाह (हेर्नुस् भिडियो )

जातिय बिभेदको खाडललाई पुर्दै परियार थरका अमृत भाइ र जैसि बाहुन जातकि सिमा बैनि बिवाह …

Leave a Reply

Your email address will not be published. Required fields are marked *