Saturday , September 25 2021
Breaking News
Home / समाचार / महामारीकाबीच अजयले निकै महंगो आलिशान बंगला किनेपछि बलिउडमा चर्चा

महामारीकाबीच अजयले निकै महंगो आलिशान बंगला किनेपछि बलिउडमा चर्चा

एजेन्सी । बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले महामारीकै बीच नयाँ घर किनेका छन् । भारतीय मिडियाले उनको नयाँ घरको विशेषताका बारेमा निकै महत्वका साथ प्रचार गरेका छन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् । जुन घर अन्य बलिउड कलाकारको घर नजिक पर्छ ।

जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित खबरअनुसार उनले किनेको घरको मूल्य ६० नभएर ४७ करोड रहेको छ । उक्त अनलाइनले घर किन्न अजयले १८।७५ करोड लोन लिएको समेत दाबी गरेको छ । तर यो कुराको पुष्टि कतैबाट भएको छैन ।

अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४।४ वर्ग मिटरमा फैलिएको छ । अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् ।

कामको कुरा गर्ने हो भने अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए । फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *