Monday , September 27 2021
Breaking News
Home / समाचार / नेपालीहरु रियल हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे यसरी तारिफ

नेपालीहरु रियल हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे यसरी तारिफ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालीहरु हिरो भएको उल्लेख गरेका छन् । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको तारिफ गर्दै डब्ल्यूएचओका प्रमुख डा।टेड्रोसले एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ ।

कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्वीटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गरेका छन् । ट्वीट ट्रेडोसले लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए ।

उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ । मनसुन शुरु भएसँगैं खोला बढेको छ र तर्न पुल छैन् । त्यहाँ लठ्ठीको भरमा खोप तारिएको छ । मुस्ताङमा मात्रै होइन देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगैं खोप लगाउन स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।

जेष्ठनागरिकहरूको लागि कोभिड १९ विरूद्ध खोपको दोस्रो डोज लैजाने क्रममा लेतेको छापताङ् खोला बढे पछि यसरी लगिएको थियो । देशभरी मनसुन भएपछि सबै खोलाहरु बढेको थियो । लेतेको छापताङ् खोला तारेर खोप असार १ मा लगिएको थियो । यसरी लैजाने स्वास्थयकर्मी लालबहादुर रोकाया लगायतका टोली हुन् । भने अन्जली थकालीले टिकटकमा हालेको भिडियो सविन केसीले खिचेको बताएका छन् । होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित गर्नु ?’ उनले थप लेखेका छन्, ‘यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ।’

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *