Sunday , August 1 2021
Breaking News
Home / समाचार / मेलम्चीबाट फर्किएकि आँचल शर्माले यस्तो भनिन्, सबै चकित

मेलम्चीबाट फर्किएकि आँचल शर्माले यस्तो भनिन्, सबै चकित

बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् ।

राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए ।
मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’

उनि फेसबुकमा लेख्छिन्ः ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेल्मचीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।

आज धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र हामी पनि त्यस्तै सानो सारथी बनेर पुगेका थियौ ।
जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती हामीले देख्यौ । धन्यवाद छ काठमाण्डौँ देखि हामीसँगै उपस्थित भई सहयोग गर्नुहुने निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल र अन्य साथी भाई ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *