Friday , September 24 2021
Breaking News
Home / समाचार / अहिले सम्म बन्द भएको यो काम भयो खुला, काठमाडौमा सर्वसाधारण अब बाहिर निस्कन पाउने प्रहरीले रोक्दैन

अहिले सम्म बन्द भएको यो काम भयो खुला, काठमाडौमा सर्वसाधारण अब बाहिर निस्कन पाउने प्रहरीले रोक्दैन

काठमाडौ । महामारीमा जोखिम हुन सक्ने भन्दै स्थानिय प्रशासनले रोक लगाउँदै आएको मर्निगं वाक अब खुला भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी सर्वसाधारण अब विहान वाहिर निस्कन पाउने भएका छन् । अहिले धेरै सर्वसाधारणले विहानमा मर्निङ वाक गर्न नपाएकोमा निकै गुनासो थियो । लकडाउनमा घरभित्रै बस्नुपर्दा अन्य स्वास्थ्य समस्या आउन सक्ने तर्फ सरकारले ध्यान नदिएको भन्दै गुनासो गरिएको थियो ।
स्वास्थ्यको दृष्टिकोणले आफूलाई चलायमान राख्न र दिनभरिको कामको बोझलाई हल्का पारी शरीरलाई पर्ने असहजतालाई मुक्ति दिन सर्वसाधारण केहीबेर हिँडडुल गरी शरीरलाई ‘रिफ्रेस’ दिन खोजिरहेका हुन्छन्।

तर, महामारी बढेपछि उपत्यकाका प्रशासनले निषेधाज्ञा जारी गरेर हिँडडुलमा रोक लगाएको थियो । जसका कारण उपत्यकामा विहानमा हिडडुल गर्ने हजारौ सर्वसाधारण घर भित्रै बस्न बाध्य भए । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू यो निष्कर्षमा पुगेका छन् कि अब मर्निङ र इभिनिङ वाकमा बाधा नपारौं।

अब निषेधाज्ञा छ भनेर बिहान–बेलुका हिँड्नका लागि प्रशासनले बाधा पार्दैन। सर्वसाधारणले बिहान बेलुका हिँडेर आफ्नो शरीरलाई फूर्तिलो बनाउन सक्नेछन्। प्रशासनले जारी गरेको सूचनामा त्यो कुरा उल्लेख नगरिएको भएपनि अब बिहान– बेलुका हिँड्नेलाई बाधा गरिने छैन भन्नेमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रजिअ सहमत छन् ।

तर बिहान– बेलुका स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र हिँड्न सुरक्षा अधिकारीहरुको सुझाव छ । मर्निङ र इभिनिङ वाकको लागि समय भने तोकिएको छैन। उनीहरू आफ्नो इच्छाअनुसार हिँड्न पाउने छन्। तर, यस मामलामा प्रशासनले स्वास्थ्य प्रोटोकल पालना गर्न भनेको छ।

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *