Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / मेलिना मैनालीसंग विशेष सम्बाद, किरण गजमेर र कोच प्रमोद बारे यस्तो भनिन्, हेर्नुस् भिडियो ..।

मेलिना मैनालीसंग विशेष सम्बाद, किरण गजमेर र कोच प्रमोद बारे यस्तो भनिन्, हेर्नुस् भिडियो ..।

नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएको एउटा नाम हो मेलिना मैनाली । ब्लाईन्ड अडिसनमा झापाकी मेलिना मैनाली ब्लाईण्ड अडिसनमा ‘लौ है माया’ बोलको गीत गाएकी गाएर टिम प्रमोदमा पुगेकी थिईन । उनले गीत सकाएकै समयमा कोच राजु लामा बाहेक अन्य ३ जना निर्णायकहरु उनीतर्फ फर्किएका थिए ।

उनले ब्याटल राउण्डमा टिम प्रमोदकै प्रभुविक्रम थापासँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये मेलिनालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

नकआउट राउन्डमा सुदिता राईले ‘तिमी आयौ बहार आयो’ गीत गाएकी थिइन् । यस्तै किरण गजमेरले नारायण गोपालको ‘बिर्सेर फेरि मलाई नहेर’ गीत गाएका थिए । मेलिना मैनालीले ‘यस्तो पनि हुदो रैछ’ गीत गाएकि थिईन । तिनै प्रतिस्पर्धीले आफुलाई परेको गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए ।

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र हो । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् । पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ काठमान्डौमा आएकी मेलिना भ्वाईस अफ नेपाल-३ को नकआउटबाट बाहिरिए संगै चर्चामा छिन् । धेरै दर्शकहरुले किरणले भन्दा राम्रो मेलिनाले गाएको भन्दै कोच प्रमोदले किरणलाई सेलेक्ट गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । कतिपयले त कोच प्रमोद प्रती आक्रोश पनि पोखेका छन् ।

उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् । केही दिन अघि सार्बजनिक भएको उनको गाएको ‘फिक्का फिक्का लाग्छ मलाई’ गीत पनि चर्चामा छ ।

मेलिनामा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। मेलिनाले घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी थिईनन । डेव्यु गीत ‘छोटो छ जिन्दगी’ बाटै लोकप्रिय बनेकी उनले पहिलो गीतबाटै आफ्नो सुमधुर आवाजको जादु छर्न सफल भैइन ।

उनलाई सानैबाट गीत गाउने रहर पलाएको थियो । ३ कक्षामा पढ्दादेखि नै गीत गाउने उनको स्वर सुनेर साथीहरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइहाल्ने बानी थियो उनको । स्कुलबाट हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई ।

७ कक्षामा पढ्दा उनलाई अब सांगीतिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

मेलिना आफैले गीत रेकर्ड गराएर, भिडियो आफै बनाएर अगाडि बढ्न सक्ने अवस्था आफ्नो नभएको बताउँछिन् । केही समय अगाडि उनले भनेकी थिईन –‘आर्थिक अवस्था बलियो भए त म काठमाण्डौ आएर बसिहाल्थे नी । मलाई आफूमाथि विश्वास छ । कुनै राम्रो सर्जकले ममाथि विश्वास गर्नुभयो भने म उहाँलाई आफ्नो स्वरबाट निराश बनाउदिनँ ।’ आखिर यो कुरालाई उनले साबित गरेर पनि देखाईन ।

आफ्नो भाग्य र आफ्नो मिहिनेतमा विश्वास गर्ने उनलाई लामो समयसम्म चल्न गीत गाउन मन छ । आज हिट भोलि फ्लप भएर करिअर लामो समयसम्म नचल्ने उनको बुझाई छ । उनी भन्छिन् ‘कुनै दिन आफूले गाएको गीत हेर्दा पछुतो नहोस्, म यत्ती चाहन्छु ।’ मेलिनाको अबको सपना भनेको दर्शकलाई मिठा गीत पस्कने हो । हेर्नुहोस उनै मेलिना मैनाली संगको कुराकानी ।

About admin

Check Also

सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *