Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ ।शुक्रबार र शनिबार गरि हप्ताको २ दिन प्रशारण हुँदै आईरहेको भ्वाईस अघिल्लो सातादेखी हप्ताको १ दिन शुक्रबार मात्रै प्रशारण हुँदै आईरहेको छ ।

नकआउट राउन्ड चलिरहेको भ्वाईसमा यो साता टिम प्रमोदबाट मेलिना मैनाली, सुदिता राई र किरण गजमेरको महाभिडन्त भयो । तिनै प्रतिस्पर्धीले दमदार प्रस्तुति दिएपनी अन्तत किरण गजमेर दुई उत्कृष्ट प्रतिस्पर्धीलाई पन्छाउदै लाईभ शोमा पुग्न सफल भए ।

किरण गजमेर – ब्लाईन्ड अडिसनमा ‘देखेर तिमिलाई सम्झेर तिमिलाई’ गीत गाएर चारै जना कोचलाई घुमाएर चर्चामा आएका किरण ब्याटलमा सुरक्षा सेन्चुरी संग ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गायर दमदार प्रस्तुति दिएर झनै चर्चामा आए । सबैले यो जोडीलाई निकै मन पराएका थिए । सुरक्षा भने अघिल्लो साताको नकआउट राउन्डबाट बाहिरीसकेकी छिन् । किरणलाई फाईनल प्रतिस्पर्धीको रुपमा समेत हेर्ने गरिन्छ ।

मेलिना मैनाली – यस्तै झापाकी निवासी मेलिना मैनाली ब्लाईण्ड अडिसनमा ‘लौ है माया’ बोलको गीत गाएकी थिईन् । उनले गीत सकाएकै समयमा कोच राजु लामा बाहेक अन्य ३ जना निर्णायकहरु उनीतर्फ फर्किएका थिए । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै प्रभुविक्रम थापासँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये मेलिनालाई नकआउट राउण्डका लागि छनौट गरेका थिए ।

सुदिता राई – सिक्किमकी सुदिता राई ब्याटल राउण्डमा टिम प्रमोदकै अभिषेक बराईलीसँग प्रतिस्पर्धा गरेकी थिईन् । उनीहरुले ‘मान्छेको माया यहाँ’ बोलको गीतमा कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सुदितालाई नकआउट राउण्डका लागि छनौट गरेपछि अभिषेक शोबाट बाहिरिएका छन् । सुदिता द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा ‘पागल म बन्न सक्छु’ गीत गाएर चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल चौँधौँ प्रतियोगी हुन् ।

कोच प्रमोदप्रती दर्शकको असन्तुष्टी – हिजो भएको टिम प्रमोदको नकआउट राउन्डमा सुदिता राईले ‘तिमी आयौ बहार आयो’ गीत गाएकी थिइन् । यस्तै किरण गजमेरले नारायण गोपालको ‘बिर्सेर फेरि मलाई नहेर’ गीत गाएका थिए । मेलिना मैनालीले ‘यस्तो पनि हुदो रैछ’ गीत गाएका थिए । तिनै प्रतिस्पर्धीले आफुलाई परेको गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए ।

नकआउटबाट तीन प्रतिस्पर्धी मध्ये एकजना मात्र लाईभ शोमा जान पाउछ । तिनै जनाको प्रस्तुति सकिएपछी सबै कोचले आ-आफ्नै प्रतिक्रिया दिए अन्तमा लाईभ शोमा लैजाने जिम्मा टिम प्रमोदलाई नै थियो । उनले किरण गजमेरलाई लाईभ शोमा लैजाने निर्णय गरे । सुदिता राई र मेलिना मैनाली भ्वाइसबाट बाहिरिए । तर धेरै दर्शकहरुले किरणले भन्दा राम्रो मेलिनाले गाएको भन्दै कोच प्रमोदले किरणलाई सेलेक्ट गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । कतिपयले त कोच प्रमोद प्रती आक्रोश पनि पोखेका छन् ।

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *