Monday , August 2 2021
Breaking News
Home / समाचार / पौडी खेल्न गएका फुटबल खेलाडी सहित ५ जना आँखुखोलामा डु बेर बेपत्ता

पौडी खेल्न गएका फुटबल खेलाडी सहित ५ जना आँखुखोलामा डु बेर बेपत्ता

धादिङ, २६ जेठ । धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डु ब्दा बेपत्ता भएका छन् । बुधबार बिहान ८ बजेतिर साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका श्रेष्ठ बेपत्ता भएका हुन् ।

नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् । उनी बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको छ ।

यस्तै धादिङको त्रिशुली नदी गजुरी खण्डमा १ जना र बुढीगण्डकी ज्वालामुखी खण्डमा ३ जना गरी ४ जना मंगलबार एकैदिन वेपत्ता भएका छन् ।त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका १ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन् ।

सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएका हुन् । नेपाली सेना प्रहरीले राती सम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ ।  बुढी गण्डकीमा वे’पत्ता भएका ज्वा लामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् । यी सबैको मंगलबार अवेर सम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुन: आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरु भएको प्रहरीले जानकारी दिएको छ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *