Friday , September 24 2021
Breaking News
Home / जीवनशैली / माया भनेको त यस्तो होस , वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए..

माया भनेको त यस्तो होस , वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए..

एजेन्सी । श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् ।

आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै उपहार दिएका हुन् ।४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए। मोनिकालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो।

पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बताइरहेका थिए । त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृगौला उपहार दिएका हुन् । आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमानप्रति निकै नै आभारी छिन् ।उनी भन्छिन्, मृगौला सम्बन्धी रोग मेरो वंशाणुगत रोग हो। मेरा श्रीमानले म बिरामी हुँदा मेरो उचित हेरचाह गर्ने र जीवनको लागि हौसला दिने त गरे नै, अहिले हाम्रो एनिभर्सरीको मौका पारेर आफ्नो मृगौला समेत उपहार दिए । म भाग्यमानी हूँ की, मैले उनीजस्तो श्रीमान पाएँ

About admin

Check Also

सुन्दर नर्स करुणालाई यस्तो बिरामी, भन्छीन जिन्दगीको कुनै टुङ्गो हुदैन (भिडियो हेर्नुस)

सामाजिक संजाल टिकटकमा नेपाली आधुनिक गीतहरुमा टिकटक बनाइ चर्चामा रहेकि एक नर्स हुन करुणा दाहाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *