Friday , September 24 2021
Breaking News
Home / समाचार / मुटुमा समस्या देखिएपछि अचानक अस्पताल भर्ना गरियो कलाकार मदनकृष्ण श्रेष्ठलाई

मुटुमा समस्या देखिएपछि अचानक अस्पताल भर्ना गरियो कलाकार मदनकृष्ण श्रेष्ठलाई

काठमाडौं- कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनि शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना भएका छन् । आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको बताइएको छ ।शुक्रबार राति देखि छाती दुखेका उनको ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो

अस्पतालमा उपचारत उनको अबस्था सामान्य रहेको बताइएको छ । मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने बताइएको छ ।

शाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। त्यसपछि निको भएर उनी घर फर्केका थिए ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *