Sunday , September 26 2021
Breaking News
Home / राजनीति / भारतसँगको असमझदारी हटिसक्यो – भन्नुहुन्छ प्रधानमन्त्री ओली

भारतसँगको असमझदारी हटिसक्यो – भन्नुहुन्छ प्रधानमन्त्री ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन् । बिबिसी हिन्दीलाई हालै दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग भारतले अतिक्रमण गरेको र उक्त भूभाग आफ्नो नक्सामा प्रकाशित गरेको विषयलाई लिएर असमझदारी सुरु भएको थियो । उक्त भूभागलाई दुवै मुलुकले आ–आफ्नो नक्सामा प्रकाशित गरे पनि सम्वादबाट समस्याको समाधान गर्ने प्रक्रिया भने अझैसम्म पनि बढ्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दुइ देशबीचमा कुनै बेला असमझदारी उत्पन्न भएको तर अहिले त्यो असमझदारी हटिसकेको बताएका छन् । उनले कुनै बेला असमझदारी थियो भनेर त्यसैमा अल्झिरहन नहुने पनि बताएका छन् । ‘हामीले भविष्यतर्फ हेर्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने ।

ओलीले छिमेकीबीच समस्या हुने बताएका छन् । ‘चिली वा अर्जेन्टिनाका सेनासँग न तपाईको प्रेम हुन्छ न घृणा । किनभने हामी त्यहाँ जाँदैनौँ र उनीहरू यहाँ पनि आउँदैनन् । जब छिमेकीको कुरा हुन्छ त्यहाँ प्रेम र समस्या भइरहन्छन्,’ उनले भनेका छन् ।

महामारीका बेला भारतले नेपाललाई गरेको सहयोगबारे बोल्दै उनले अफूलाई नकारात्मक कुरा गर्न मन नपर्ने तर अदालतको फैसला वा खोपको कमीको कारण भारतबाट जति सहयोग मिल्नुपर्ने हो त्यो नमिलरहेको बताए । ‘एक छिमेकी जसको सम्बन्ध यसरी जोडिएको छ कि भारतमा कोरोना नियन्त्रणमा आयो र नेपालमा आएन भने भारतमा नियन्त्रणमा हुनुले कुनै अर्थ राख्दैन । किनभने जो स्थानियसी उनीहरूको रहने बस्ने साथमै हुन्छ । त्यसैले हामीलाई मद्दत गर्नै पर्छ । त्यो भारतको पनि हितमा हुन्छ,’ उनले भनेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवेदन गर्दै भनेका छन्, ‘नेपालबारे अन्य मुलुकभन्दा केही फरक छ किनभने हामी छिमेकी हौँ र हाम्रो सीमाना पनि खुला छ । हाम्रो बीचमा हिमाल हुन्थ्यो भने खुला सीमा भएर पनि आवतजावत सहज हुँदैनथ्यो । हाम्रोमा यस्तो अवस्था छ कि सीमानामा यता पनि खेत छ । उता पनि खेत छ । कतिपय ठाउँमा दसगजा कहाँ छ भन्ने कुरा पनि थाहा हुँदैन । यी सबै कुरा र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई समेत ध्यान दिँदै भारतले हामीलाई पूर्ण रूपमा सहयोग गरोस् ।’

उनले नेपाललाई चाहिलने अक्सिजन, लिक्विड अक्सिजन, औषधिलगायतका धेरै स्वास्थ्य सामग्री भारतबाटै ल्याइरहेको र यसमा भारतले साथ दिइरहेको बताएका छन् । ‘सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप भारतले उपलब्ध गराएको थियो, त्यसले मैले भारतलाई धन्यवाद पनि दिन चाहन्छु,’ उलने भनेका छन् ।

कोरोनाविरुद्धको लडाइमा भारत र चीनबाट भइरहेको सहयोगलाई राजनीतिक रंग दिन आवश्यक नरहेको उनले बताए । ‘यो खोपको मामिला हो त्यसैले जसले दिएपनि ठिक छ । सहयोगका लागि हामी दुवै छिमेकीलाई धेरै धन्यवाद दिन चाहन्छौँ, किनभने हामीलाई एउटा छिमेकीले १८ लाख खोप दियो अर्काेले २० लाख खोप दियो । हामीलाई दुवैको मद्दत मिलिरहेको छ,’ उनले भनेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

About admin

Check Also

के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ?

केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *