Monday , August 2 2021
Breaking News
Home / समाचार / ट्रक भरी सामान लिएर ज्ञानेन्द्र शाही लागे मानिसहरूको ज्या’न बचाउन(भिडियो)

ट्रक भरी सामान लिएर ज्ञानेन्द्र शाही लागे मानिसहरूको ज्या’न बचाउन(भिडियो)

काठमाडौं : काठमाडौ भन्दा बाहिर दूर-दराजमा जहाँ अक्सिजन नपुगेर अकालमै जीवन गुमाउनुपर्ने अवस्था हुन्छ त्यस ठाउँमा अक्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उद्धेश्य अनुरुप यस कामको सुरुवात गरेको अभि यन्ता ज्ञानेन्द्र शाही यतिबेला ट्रक भरी स्वास्थ्य सामाग्री लिएर देशका विभिन्न ठाउँमा पिडीतहरूलाई बचाउन भनी प्रस्थान गर्नुभएको छ।

बोधीसत्व बिहार ग्रुपद्वारा बुद्ध धर्मका अनुयायी हरूले मानव बचाउन गरेको अभियानमा सहयोग गर्दै देशका कुना कन्दरामा ज्ञानेन्द्र शाही लगायत सम्पूर्ण टीम लाग्नुभएको छ । तर बिडम्बना कसरी सहयोग गर्ने भन्दा पनि कसरी र कहाँबाट सहयोग आयो भनेर सर कार र राजनीतिक दलले अनावश्यक चासो देखाएको प्रती उहाँले खेद प्रकट गर्नुभएको छ।

अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम यहि हुनेछ र यस पश्चात् प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा योसेवा विस्तार गरिनेछ र हामी आउनेछौँ जसका लागि यहाँहरू सबैले सम्पर्क राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको छ। उहाँले हामी म’रेका छैनौं र हामी न’म’रेसम्म दूर-दराजमा र गल्ली गल्लीमा पुगेर तपाईंका लागि तयार रहनेछौँ भन्दै आश्वासन समेत दिनुभएको छ।

दुई वर्षसम्म मेसिनको वारेन्टी रहेको र चारदेखि पाँच वर्ष मेसिनले काम गर्ने र उक्त मेसिनबाट बाफलिन पनि मिल्ने उहाँले भन्नुभएको छ। यतिखेरको अवस्थामा महामारी फैलिएको छ र यो बेला यो देश,यो राष्ट्र,विभिन्न संघसंस्था र अभियानहरूले राष्ट्रका नागरिक हरूको जीवन बचाइरहेका छन्।तर दु’खलाग्दो कुरा चाहिँ जति सरकारले गर्नुपर्ने हो त्यति नगरेको अवस्थामा आज यो देशका नागरिकहरू दूर-दराजमा छन्।

सबै नागरिकहरू काठमाडौ मा मात्रै छैनन्, दूर-दराजमा पनि अक्सिजन नपाएर, अत्यावश्यक स्वास्थ्य सामाग्री नपाएर सैयौँ दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्येक दिन हामीले गु’माइरहेको अवस्था छ, उहाँले भन्नुभयो । यस अवस्थामा हामीले कसरी नागरिकहरूको जीवन रक्षा गर्ने,यतिखेरको समय भनेको एक-अर्कालाई विवाद गर्ने, आरोप प्र’त्यारोप गर्ने समय होइन, यतिखेरको समय भनेको सबै नागरिक मिलेर एक अर्काको जीवन रक्षा गर्ने समय हो । त्यसकारण अहिलेको समयमा बोधीसत बिहारले देशका विभिन्न ठाउँमा खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू सहयोग तथा वितरण गरिरहेको छ।

यहि सिल सिलामा हामी भन्ने गर्छौं कि यो भगवान गौतम बुद्ध ज’न्मेको देश हो र उहाँले जहिले पनि ह,त्या हिं’सा गर्नु हुन्न भन्ने सन्देश दिनु भएको थियो । त्यही कारण आज पनि हामी सबैजना गौतम बुद्ध जन्मेको देशका नागरिकका रुपमा छा’ती चौडा भएको महसुस गर्ने गर्छौं । त्यसै गरी गौतम बुद्धका चेला व्हेङ गङ्सीले यो देशका धेरै भन्दा नागरिक हरूको जीवन जसरी रक्षा गर्नु हुन्थ्यो, त्यसै गरि उहाँले पनि जीवनरक्षाको निमित्त काम गर्नुभएको छ भन्दै ज्ञानेन्द्र शाहीले उहाँको मुक्त कण्ठले प्रशंसा समेत गर्नुभयो।भिडीयो यहाँ लिंकमा छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *