Monday , August 2 2021
Breaking News
Home / समाचार / अहिलेसम्मकै खुशीको खबर, अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ठूलो संख्यामा खोप उपलब्ध गराउने पक्का

अहिलेसम्मकै खुशीको खबर, अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ठूलो संख्यामा खोप उपलब्ध गराउने पक्का

काठमाडौँ । नेपालले अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको अनुदानबाट कोरोनाविरुद्धको खोप पाउने भएको छ । अमेरिकी सरकारले बिहीबार घोषणा गरेबमोजिम एसिया क्षेत्रका मुलुकलाई वितरण गर्ने ७० लाख मात्रा खोपमध्येबाट नेपालले कोभ्याक्स सुविधाको खोप पाउने भएको हो ।

केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुहँुदै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्नुभएको थियो । सोही अनुरोधका आधारमा नेपालले अमेरिकाबाट खोप पाउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालले अमेरिकासँग ५० लाख मात्रा खोपको अपेक्षा गरेको छ तर हाल घोषणा गरिएअनुसारको कोभ्याक्स अनुदानबाट त्यो सबै मात्रा आउन सक्ने सम्भावना कम रहेको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

अमेरिकासँग थप पहलमार्फत थप खोप ल्याउनसमेत गृहकार्य जारी रहेको ढकालले बताउनुभयो । तत्काल कोभ्याक्स अनुदानमा अमेरिकाले दिने घोषणा गरेको खोप आगामी तीन–चार दिनभित्र आइपुग्ने अनुमान गरिएको छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *