Sunday , September 26 2021
Breaking News
Home / समाचार / अमेरिकाले खोल्यो नेपालीहरुका लागि कृषि कामदार भिसा : यसरी दिनुहोस् आवेदन !

अमेरिकाले खोल्यो नेपालीहरुका लागि कृषि कामदार भिसा : यसरी दिनुहोस् आवेदन !

काठमाडौं l अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२२ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उ’पलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनसक्ने जनाइएको छ ।थप

२२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ

त्यस्तै बाँकी ६ हजार भिसा काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध हुनेछ ।यो भिसामा कामदारहरु ल्याउनका लागि रोजगारदाताले यदि अस्थायी कामदार नल्याएको खण्डमा ब्यापारमा नोक्सान पुग्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ ।

उक्त कामका लागि कामदार अमेरिकामा उपलब्ध नभएको, अमेरिकामा हुनेहरु काम गर्न इच्छुक नरहेको वा योग्य नभएको समेत प्रमाणित गर्नुपर्छ । त्यस्तै यो भिसाका लागि कामदार आफैले भने आवेदन दिन मिल्दैन, रोजगारदाताले आवेदन दिनुपर्छ!

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *