Sunday , September 26 2021
Breaking News
Home / समाचार / काठमाडौंको गल्फुटारबाट अचम्मका ठग पक्राउ बिरामीको स्वास्थ्यसंग पनि खेल्दा रहेछन

काठमाडौंको गल्फुटारबाट अचम्मका ठग पक्राउ बिरामीको स्वास्थ्यसंग पनि खेल्दा रहेछन

२४ भदौ, काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ घर भई बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गल्फुटार क्षेत्रमा क्यान्सरको उपचारमा प्रयोग हुने महंगा औषधिहरु ल्याएर अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

भण्डारीले भारतमा रहेका आफन्तमार्फत उक्त औषधि मगाएर लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीलाई गैरकानूनी रुपमा बिक्री गर्ने गरेको देखिएको महाशाखाको भनाइ छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

विभिन्न घटनामा संलग्न तीन व्यक्ति पक्राउ – विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक-फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडित लाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *