Monday , September 27 2021
Breaking News
Home / समाचार / प्रचण्डले फातिमालाई ‘नो’ भनेर फर्काए

प्रचण्डले फातिमालाई ‘नो’ भनेर फर्काए

काठमाडौं,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई निरास बनाएर पठाएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष सुमारको टोली शुक्रबार विहान पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् ।

प्रचण्डले सम्झौतामा भएर प्रावधानहरुले एमसीसी संसदबाट पास गर्नेसक्ने अवस्था नभएको बताएका थिए । उनले नेपालका लागि आर्थिक सहयोग आवश्यक भएपछि विभिन्न सर्तहरु मानेर स्वीकार्न नसकिने बताए ।

हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।

यो पनि पढ्नुहोस :

एमसीसी उपाध्यक्षसहितको टोली नेपाल आएकै दिन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बोलाएका थिए । आ–आफ्नो पार्टीभित्र तथा एमसीसी टोलीसँग छलफल गरेपछि मात्र निष्कर्षमा जाने सहमति भएको छ ।

जनता समाजवादी पार्टीका नेताहरू ‘प्राविधिक कारणले’ उपस्थित हुन नसकेपछि बैठकलाई अनौपचारिक भनिएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बेला आएकाले सहयोगी दलको साथ मागेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नो पार्टीमै एकमत नरहेको जानकारी गराएका थिए ।

‘माओवादीभित्र पनि दुई धार छन्, सम्झौतालाई संशोधन गरेर अगाडि बढाउनुपर्ने र सम्झौतालाई अनुमोदन गर्नै नहुने धार देखिएका छन् । एमसीसीले दिएका जवाफमा थप प्रस्ट भएपछि टुंगोमा पुग्नुपर्छ । यसका लागि केही समय आवश्यक छ,’ बैठकमा सहभागी एक नेताले दाहाललाई उद्धृत गर्दै भने ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रश्न–उत्तरकै आधारमा टुंगोमा पुग्न नसकिने धारणा राखे । ‘पहिले पार्टीभित्रै बसौं, त्यसपछि गठबन्धनमा छलफल गरौं । तबमात्र निष्कर्षमा पुग्न सकिन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो दल एमसीसीको विपक्षमा रहेको स्पष्ट पारिन् । गठबन्धन दलको बैठकमा पनि आफ्नो धारणा त्यही रहेको उनको भनाइ छ । अहिले एमसीसीबारे सत्ताधारी दलबीच खटपट भई गठबन्धनको भविष्यमाथि समेत अड्कल गर्न थालिएको छ । पौडेलले भने एमसीसीकै कारण गठबन्धन नटुट्ने बताइन् ।

‘यो प्रतिगमनविरुद्धको गठबन्धन हो, एमसीसीकै कारण भत्किने सम्भावना रहँदैन,’ उनले भनिन्, ‘बरु एमसीसी कसरी फिर्ता गर्ने भन्नेबारे छलफल हुन सक्छ ।’ दिउँसो ३ बजे बोलाइएको बैठकमा कांग्रेसबाट सभापति एवं प्रधानमन्त्री देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मन्त्रीहरू सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार मन्त्रिपरिषद् दुई चरणमा विस्तार गर्ने सहमति भएको छ । छिट्टै (दुई–तीन दिनमै) सरकार विस्तार गर्ने र केही समयपछि बाँकी मन्त्री थपेर तेस्रो चरणमा सरकारलाई पूर्णता दिने सहमति भएको ती नेताले बताए ।

सत्ता गठबन्धन दलको आन्तरिक समस्याका कारण दुई महिना पुग्दा पनि सरकारले पूर्णता पाएको छैन । १६ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हालिरहेका छन् । एमसीसी पास गर्नकाे लागि नेकपा एमाले र कांग्रेष तयार छ भने माओवादी यसकाे विपक्षमा उभिएकाे छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *