Friday , September 24 2021
Breaking News
Home / समाचार / २ लाख रुपैयाँ तलब पाइने इजरायल रोजगारीमा २८ गते लिखित परीक्षा हुने, यस्तो छ आवेदन दिने तरिका

२ लाख रुपैयाँ तलब पाइने इजरायल रोजगारीमा २८ गते लिखित परीक्षा हुने, यस्तो छ आवेदन दिने तरिका

इजरायल जान दरखास्त दिएका कामदारको यही भाद्र २८ गते लिखित परीक्षा लिइने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् । सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ ।कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ । इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ ।

जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ । इजरायल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *