Friday , September 24 2021
Breaking News
Home / समाचार / रामकुमारी झाँक्रीसँग योगेश भट्टराई जिस्किएको भिडियो बन्यो भाइरल (हेर्नुस् भिडियोसहित)

रामकुमारी झाँक्रीसँग योगेश भट्टराई जिस्किएको भिडियो बन्यो भाइरल (हेर्नुस् भिडियोसहित)

समाज
रामकुमारी झाँक्रीसँग योगेश भट्टराई जिस्किएको भिडियो बन्यो भाइरल (हेर्नुस् भिडियोसहित)
Posted on September 9, 2021 Authoradmin Comment(0)
योगेश भट्टराई, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री एमाले विभाजनपूर्व माधवकुमार नेपालको समूहमा थिए । एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे ।

उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए ।

यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा ९एस० दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ ।

प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् ।

योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’त्यसपछि पत्रकारहरूले प्रश्न गर्‍यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ?

योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्‍यो त्यसपछि दिमागमा सन्देश जानुपर्‍यो र हातसम्म सन्देश पुग्नुपर्‍यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *