Sunday , September 26 2021
Breaking News
Home / समाचार / संखुवासभा घटनाले लियो अर्कै मोड, प्रहरीलाई पनि अचम्म पार्ने गरि घरभित्र अर्को प्रमाण फेला पर्यो

संखुवासभा घटनाले लियो अर्कै मोड, प्रहरीलाई पनि अचम्म पार्ने गरि घरभित्र अर्को प्रमाण फेला पर्यो

काठमाडौ । संखुवासभा घटनामा प्रहरीलाई नै अलमल पार्ने अर्को प्रमाण फेला परेको छ । वैदेशिक रोजगारीमा रहेका दुई नातीले पैसा पठाएको र झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा रहेको सूचनाका कारण घटना भएको अनुमान गरेको प्रहरी त्यती बेला छक्क पर्यो जब घरमा भएको सबै सुनचाँदी र सम्पत्ती सुरक्षित फेला परे ।

संखुवासभाको कार्की परिवारका ६ जना मृ त फेला परेको घटनामा अब प्रहरीले फरक ढंगवाट अनुसन्धान गर्नुपर्ने भएको छ । प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लु ट पा ट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति ज ब र ज स्ती प्रवेश गरेको देखिएको छैन ।

घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ नगद भेटिएको बताए । महिलाहरुले लगाएका सुनका गहना पनि लगिएको छैन । घरमा राखेका सुन पनि सुरक्षित छन् । प्रहरीले अब आर्थिक पाटोवाट नभई अरु कुनै कारणले घटना भएको हुनसक्ने अर्को अनुमान गरेको छ । अब अनुसन्धान त्यसरी नै गर्नुपर्ने भएको छ । घटनामा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।

घटनामा अर्को रहस्यमय पाटो भनेको नजिकै रहेका छिमेकीले किन थाहा पाएनन् भन्ने पनि हो । तीन सय मिटर पर घर भएका छिमेकीले घटना थाहा नपाउनु पनि रहस्यमय छ । सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो । कुकुरले पनि कुनै संकेत नदिएपछि प्रहरीलाई थप कठिन भएको छ ।

चिकित्सकले श वको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने अनुमान गरेका छन् । प्रहरी पनि खेतमा मृ त भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । अधिकांशको श व घर वाहिर फेला परेका कारण घटना पनि घर बाहिर भएको हुनसक्ने अनुमान छ । तर घरकी ८४ वर्षकी पार्बती कार्कीको शव भने घर भित्रै फेला परेको थियो ।चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो, चिर्पट प्रयोग गरेको देखिएको बताइएको छ ।

प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको श व तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

गाउँमा नयाँ व्यक्ति आए कि भन्ने पाटोमा पनि छानविन भइरहे पनि कसैले बताएका छैनन् । बरु प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ । त्यसबाट केही सुराक हात लाग्न सक्ने प्रहरीको अनुमान छ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *