Friday , September 24 2021
Breaking News
Home / समाचार / एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

समाचार
एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने
Posted on September 9, 2021 Authoradmin Comment(0)
काठमाडौं, २४ भदौ-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आउन लागेका हुन् ।

नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् ।

नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *