Sunday , September 19 2021
Breaking News
Home / समाचार / झलनाथ खनालको उपचार खर्चको विवरण भयो सार्वजनिक, थाहा पाएपछि चकित पर्नुहुनेछ

झलनाथ खनालको उपचार खर्चको विवरण भयो सार्वजनिक, थाहा पाएपछि चकित पर्नुहुनेछ

पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा लागेको खर्च विवरण सार्वजनिक भएको छ । विकटका जनता ८ सय आर्थिक अभावका कारण ज्यान गुमाइरहेका बेला सरकारले सार्वजनिक गरेको झलनाथको उपचारमा ८१ लाख रुपैयाँ खर्च भएको देखिएको हो ।

यो सिटामोल समेत खान नपाएर ज्यान गुमाउन बाध्य जनताका लागि चकित पार्ने खर्च विवरण हो । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।

बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३ अगस्ट) मा डिस्चार्ज भएका थिए

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *